उदयपुरमा ट्रक र हायस आपसमा ठोक्किएर दुर्घटना, नैकापका ३ जनासहित १७ जना घाइते

Thankot Times

थानकोट ।

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा ट्रक र हायस आपसमा ठोक्किँएर दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना७ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा४ख ५६३५ नम्बरको हायस बुधबार बिहान करिब १० बजे ठोक्किँएर दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि घाइतेमध्ये १० जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ ।

दुर्घटनामा हायसमा सवार काठमाडौं चन्द्रागिरि-१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, सोही ठाउँकी ४८ वर्षीया रुकमाया श्रेष्ठ र ५३ वर्षीया पविना श्रेष्ठ, मोरङ कानेपोखरी-६ का ४० वर्षीय हायस सहचालक देवराज विक, हायस चालक ४४ वर्षीय रामबहादुर विकलगायत घाइते भएका छन् ।

त्यस्तै, मोरङ सुन्दरहरैँचा-६ की ७९ वर्षीया जमुना राई, सोही ठाउँका ४१ वर्षीय एदुचन्द्र राई, उदयपुर बेलका-६ का ३१ वर्षीय डम्बरबहादुर विक, २० वर्षीय सुदीप राई तथा काठमाडौं बूढानीलकण्ठ-५ की ४३ वर्षीया शान्ति न्यारिकालाई पनि थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङ सुन्दरहरैँचा-७ की २७ वर्षीया पवित्रा भट्टराई, कानेपोखरी-६ का २४ वर्षीय लबिन चौलागाईं, उदयपुर त्रियुगा-३ की ४२ वर्षीया रस्मिला दाहाल, इलाम जोगमाई-१ का २५ वर्षीय सगुन गुरुङ, सिन्धुली कमलामाई-१ की ४० वर्षीया सानु थापा, मोरङ कानेपोखरी-६ का २१ वर्षीय करुण विक र बाँके नेपालगञ्ज-३ की २१ वर्षीया लक्ष्मी गिरी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक रत्नबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको


Leave a Reply

Your email address will not be published. Required fields are marked *