कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
थानकोट ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गरेका छन् ।














