चन्द्रागिरि नगरका अधिकांश संस्थागत विद्यालयमा आज शोक बिदा
थानकोट ।
चन्द्रागिरि नगरका अधिकांश संस्थागत विद्यालयमा आज शोक बिदा दिइएको छ ।
निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन चन्द्रागिरि नगरअन्तर्गतका विद्यालयमा आज शुक्रबार शोक बिदा हुने भएको हो ।
प्याब्सन चन्द्रागिरि नगर कार्यसमितिको भदौ ३१ गते बसेको बैठकले चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविका संस्थापक एवं प्रधानाध्यापक डीबी गुरुङ (धनबहादुर)को निधन भएको शोकमा यसदिन शोक बिदा दिने निर्णय गरेको संघका नगर अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।
शिक्षा क्षेत्रमा लामो समय सक्रिय गुरुङ प्याब्सन चन्द्रागिरिका पूर्व वरिष्ठ सल्लाहकार थिए। संस्थागत विद्यालयको विकास तथा शैक्षिक क्षेत्रमा उनले पुर्याएको योगदानलाई स्मरण गर्दै प्याब्सन चन्द्रागिरिले उनको निधनप्रति शोक व्यक्त गरेको छ।
गुरुङको ८७ वर्षको उमेरमा गत मंगलबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनको गत बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
प्याब्सन चन्द्रागिरि नगरबाट जारी सूचना हेराैंः















बुधबार अन्त्यष्टि गरिसके पछि बिहिबार बिदा दिनुपर्ने हैन र ??