सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको थियो भने आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *