सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६२५ कायम भएको थियो ।














