सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन ९०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेर ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ८६ रुपैयाँले बढ्दै ४ हजार ६८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *