नेपालका बाढी प्रभावित बालबालिकालाई टप एन्ड टी-२० सिरिजको सहयोग
थानकोट ।
अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी१–२० सिरिजले नेपालका बाढी प्रभावित बालबालिकाका सहयोग गरेको छ ।
आयोजक नर्दर्न टोरिटोरी क्रिकेट संघका अनुसार, प्रतियोगिताका दौरान संकलन गरिएको ४ हजार २६९ अमेरिकी डलर युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिनेछ ।
उक्त रकम नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोगमा खर्च हुनेछ ।
सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने, सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ ।
नेपाल ‘ए’ले टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो ।
उक्त सिरिजकै क्रममा नेपालको रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढी आएको थियो ।
त्यतिबेला युनिसेफ अस्ट्रेलियाले नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न अपिल गरेको थियो ।













