नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: कर्णाली याक्स विजयी, जनकपुर ११३ रनमा अलआउट
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।
कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.२ ओभरमा ११३ रनमै अलआउट भयो।
लक्ष्य पूरा गर्न नसकेपछि जनकपुरले १९ रनको हार व्यहोरेको हो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएकाे हाे ।














