नेपाली बजारमा सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

आइतबार (आज) नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ ।

आज एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्दै २ लाख ७२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले घट्दै ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *