नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

चाँदी आज प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *