एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ। सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ।

नयाँ आईजीपी केसीले प्रहरी संगठनको नेतृत्व सम्हालेसँगै संगठनात्मक सुधार, सुरक्षा व्यवस्थापन, प्रहरी प्रशासनको प्रभावकारिता तथा नागरिकमैत्री प्रहरी सेवाका क्षेत्रमा कस्तो प्राथमिकता निर्धारण गर्छन् भन्ने चासो बढेको छ।

यससम्बन्धी मन्त्रिपरिषद्को औपचारिक निर्णय र थप विवरण सार्वजनिक हुन बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *