थानकोटदेखि चित्लाङसम्म १० माइल क्रश कन्ट्री दाैड कार्तिक १४ मा, तयारी पूरा
थानकोट ।
बैकुण्ठ मानन्धर खेल नेपालको आयोजनामा यही कार्तिक १४ गते शनिबार थानकोट देखि चित्लाङसम्म हुने क्रश कन्ट्री दाैड प्रतियोगिताको तयारी पूरा भएको छ ।
गत असोज १७ गतेका लागि तय भएको प्रतियोगिता प्रतिकुल माैसमका कारण कार्तिक १४ गतेका लागि सारिएको आयोजकको भनाइ छ ।
थानकोट कोतघरबाट सुरु हुने १० माइलको सो दाैड मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङ पुगेर समापन हुनेछ ।
थानकोट-चन्द्रागिरि भञ्ज्याङ-चित्लाङ रुटमा सञ्चालन हुने सो दाैड प्रतियोगिता बिहान ७ बजे सुरु हुने बताइएको छ ।















