माैसम अनुकूल रहेमा आज थानकोट चेकपोष्ट वरपर बिहान १० बजेछि ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले काठमाडाैं उपत्यकाका विभिन्न वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज कार्तिक १३ गते शुक्रबारदेखि कार्तिक २० गते शुक्रबारसम्म घण्टाैं विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

बिहीबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विभिन्न फिडर, सबस्टेशनमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार आज कार्तिक १३ गते शुक्रबार बलम्बु, थानकोट तथा मातातिर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा बिहान १०ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

यद्यपी, माैसम प्रतिकूल रहेमा यो तालिका रद्द हुने पनि प्राधिकरणको भनाइ छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *