थानकोट चेकपोष्टबाट २८ लाख रुपैयाँ बराबरको गरगहना र नगद चोरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ चेकपोष्ट वाणस्थलीमा ठूलो परिमाणको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार वाणस्थलीस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *