स्थानीय तहको चुनावमा टिकट पाइन्छ कि भनेर प्रदिप दाईको ढोकामा नआउनू !
थानकोट ।
संघीय सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रदिप विष्टले आसन्न स्थानीय तहको चुनावमा टिकट पाउन इच्छुक व्यक्तिले नेताहरूको घरमा पुग्न नपर्ने बताएका छन् ।
जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिले रास्वपाले निर्धारण गरेको उमेदवार छनोट मापदण्ड पूरा गर्नैपर्ने बताउँदै सांसद् विष्टले क्यान्डिडेट क्लबबाटै उमेदवार चयन हुने बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद् विष्टले भने काठमाडाैं क्षेत्र नंं १० का नेता कार्यकर्ताहरूले स्थानीय तहको चुनावका लागि टिकट पाउनका लागि मेरो ढोकामा आउन पर्दैन्, क्यान्डिडेट क्लबले छनोट गर्नेछ ।
नेताको फेरो समाएर टिकट पाउने परम्परा अब अन्त्य हुने उनको दाबी छ ।














