गृहमन्त्री गुरुङले नै लगाइदिए डा. मनोज केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह
थानकोट ।
गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
यसअघि नवनियुक्त आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहेकामा यसपटक गृहमन्त्री गुरुङ आफैँले फुली लगाइदिएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।











