भीमफेदीमा यात्रुबाहक माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ जना घाइते
थानकोट ।
आज बिहान मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परेका १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका १० जनाको मृत्यु भएको र पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ६ बजे भीमफेदीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
मृत्यु तथा घाइते भएका व्यक्तिहरूको सनाखत भएको छैन्।











