आज शुक्रबार दिनभरको मौसम पूर्वानुमान जान्नुहोस
थानकोट ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि बिहानपख काठमाडौं उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ










