आज शनिबार दिनभरको मौसम पूर्वानुमान जान्नुहोस्
थानकोट ।
हाल मुलुकमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका विभिन्न भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको तराई क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी प्रदेशको तराई क्षेत्रमा लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।










