आज शुक्रबार देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान
थानकोट ।
देशका कोशी र मधेश प्रदेशमा आज दिउँसो आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, रातिको समयमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले मौसमको अवस्थाबारे जानकारी राख्न तथा हुस्सु र कुहिरोका कारण हुन सक्ने सम्भावित असरप्रति सतर्क रहन आग्रह गरेको छ ।










