आज मंगलबार देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान

Thankot Times

थानकोट ।

देशभरको मौसम आज मंगलबार मुख्यतया सफा रहनेछ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ ।

बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *