‘डेंगीका बिरामीले १०२ मा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ’- मेयर बालेन
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताउनु भएको छ।
मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने छ। मेयर शाहले महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल-टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न पनि आग्रह गर्नुभएको छ
उहाँले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताउनु भएको छ।
पछिल्लो समय डेंगीका बिरामी बढेका छन् भने अस्पतालहरूमा डेंगीका बिरामी पुग्ने क्रम पनि बढ्दो छ।












