बिहानैदेखि वर्षा, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान  प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया  बदली   रहेको छ । प्रदेश–१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ ।  देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *