थप ५९ जनामा कोरोना

Thankot Times

थानकोट ।

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६१ संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल एकहजार ८३० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *