यसपटक ‘हिले दशैं’को सम्भावना !

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसपाली मनसुन बाहिरिने मिति तोक्न सकेको छैन् । तर, सक्रिय मनसुन अक्टुबर छोएर मात्रै बाहिरिने अनुमान गरिएको छ ।

मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै गएपछि र दक्षिण पूर्वी हावा नभई पश्चिमी हावा बहन थालेपछि मात्रै मनसुन हट्दैछ भन्न सकिन्छ । तर, अहिले यस्तो कुनै संकेत देखिएको छैनन्। त्यसैले, अझै १० दिन जति मनसुन सक्रिय रहने अनुमान गरिएको छ ।

१० दिन मनसुन सक्रिय रह्यो भने अक्टुबर १ बाट क्रमशः बाहिरिन्छ । यो भनेको फुलपातीको अघिल्लो दिन ।

यसपाली विगत वर्षभन्दा बढी वर्षा हुने अनुमान गरिए अनुसार नेपालमा अक्टुबर २ सम्म मनसुन रहन सक्ने अनुमान भएको थियो । सोही मितिलाई औसत मिति मानेर एक वा दुई दिन अघि पछिबाट मनसुन बाहिरिन सुरु गर्ने अनुमान गरिएको  मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।

सेप्टेम्बर २७ अर्थात् असोज ११ गतेसम्म देशभर मौसम सामान्य बदली रहने छ ।

फुलपातीको दिनबाटै मनसुन बाहिरिन सुरु गर्यो भने पनि दशैँको टिकाको दिनतिर बाट मात्रै खुला हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *