प्रथम मातातीर्थ गोल्डकपः अविरलको ह्याट्रिकमा कुर्दन युवा क्लबको जित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- ०६ मातातीर्थमा जारी प्रथम मातातीर्थ  गोल्डकप अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा कुर्दन युवा क्लब विजयी भएको छ ।

नव कंकाली युवा क्लब विरूद्ध ४-२ गोल अन्तरको जित निकाल्दै कुर्दनले अघिल्लो चरणमा सिट सुरक्षित गर्यो । कुर्दनको जितमा अविरल रिजालले ह्याट्रिक गरे । रिजालले खेलको ८औं, १०औं र २१औं मिनेटमा गोल गरेका थिए ।

रजित पुडासैनीले कुर्दनका लागि चाैथो गोल गरेका थिए । पराजित नव कंकालीका नविन तामाङ र पुजन खड्काले समान १-१ गोल गरे ।

प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका रिजाल फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै किसिपिडी युवा क्लब र ओसिस युवा क्बल बीच दिउँसो १ बजे खेल हुनेछ भने चुनदेवी युवा क्लब र तीनथाना युवा क्लब बीच दिनको ३ बजे खेल हुनेछ ।
साेमबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ग्रीन हिल्स युवा क्लब ल्याक्टाे युवा क्लबलाई २-१ गाेलले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेिसकेको छ ।

 

प्रथम मातातीर्थ गोल्डकपको तयारी पूरा, २४ टोलीबीच प्रतिस्पर्धा हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ