प्रथम मातातीर्थ गोल्डकपः किसिपिडी युवा क्लबको विजयी सुरूवात

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ  गोल्डकप अन्तर्गत मंगलबार सम्पन्न दोश्रो खेलमा किसिपिडी युवा क्लब विजयी भएको छ । 

चन्द्रागिरि नगरपालिका- ०६ मातातीर्थस्थित फुटबल मैदानमा सम्पन्न खेलमा किसिपिडी युवा क्लबले ओशिस युवा क्लबमाथि ३-२ को साँघुरो जित हात पार्यो ।

सो क्रममा किसिपिडीका रोहित थापाले २ तथा विपिन श्रेष्ठले १ गोल गरे । रोहितले खेलको पाँचाै तथा अठाह्राैं मिनेटमा गोल गरेका थिए भने विपिन श्रेष्ठले खेलको नवाैं मिनेटमा गोल गरे । श्रेष्ठले पहेंलो कार्ड पाएका थिए ।

त्यस्तै, पराजित ओशिस युवा क्लबका कृष्ण श्रेष्ठ तथा आयुष कुँवरले गोल गरेपनि आफ्नो टिमलाई प्रतियोगितामा टिकाई राख्न असफल रहे । ओशिस युवा क्लबका एलिग तामाङले पहेंलो कार्ड पाए । 

प्रतियोगिता अन्तर्गत अहिले दिनको अन्तिम तथा तेश्रो खेलमा चुनदेवी युवा क्लब र तीनथाना युवा क्लब बीच प्रतिस्पर्धा भइरहेको छ ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा नव कंकाली युवा क्लब विरूद्ध ४-२ गोल अन्तरको जित निकाल्दै कुर्दन युवा क्लबले अघिल्लो चरणमा सिट सुरक्षित गरेको थियो । प्रतियोगितामा कूल २४ टिमको सहभागिता रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *