जय नेपाल पार्टीको केन्द्रीय समितिमा आठजना मनोनीत
थानकोट ।
जय नेपाल पार्टीको केन्द्रीय सदस्यमा थप आठजनालाई मनोनयन गरिएको छ ।
विधानबमोजिम केन्द्रीय कार्यसमितिमा आठ नयाँ सदस्य मनोनयन गरिएको पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए ।
विभिन्न जिल्ला तथा प्रवास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी उनीहरूलाई मनोनयन गरिएको छ ।
मनोनीत हुनेमा काठमाडौंबाट खगेस रन्जितकार, प्रवल नरसिंह राणा र वैकुण्ठ प्रसाद भण्डारी छन् ।
अछामबाट लोकेन्द्रबहादुर शाह, सुनसरीबाट विष्णु रिजाल, बझाङबाट रमेश सिंह र जाजरकोटबाट अमरबहादुर बुढा केन्द्रीय सदस्यमा मनोनीत भएका लावतीले जानकारी दिए ।
प्रवास (इटाली)बाट राजेशकुमार पुरीलाई पनि केन्द्रीय सदस्य बनाइएको छ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका निम्ति विधानको व्यवस्थाअनुसार पछिल्लो मनोनयन गरिएको लावतीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।














