‘आजदेखि अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्नू’- काठमाण्डाै महानगर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले अनुमति बिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।

‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन भनेको छ।

नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *