पहिरोले अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालन

Thankot Times

थानकोट ।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ ।

शुक्रवार राति भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहानबाट सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारीसाधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *