आजको माैसम पूर्वानुमान, दिउँसो भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *