लमजुङमा भूकम्पको धक्का
थानकोट ।
पश्चिम नेपालको लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
आइतबार राति ८ः४१ बजे बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का लमजुङ वरपरका जिल्लामा समेत महसुस भएको बताइएको छ।















