ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय ८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १ सय ५० जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १ सय ९ जना चालक रहेका छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारबाही गरिएको काठमाडौैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरित चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाहीमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *