लागुऔषध सेवन गरी सवारी हाँक्ने दुई जना चालक नागढुङ्गामा समातिए

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाएको अवस्थामा दुई जना चालकलाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको छ ।

सवारी चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाएको नचलाएको बारेमा चालकलाई चेकजाँच गर्दा नागढुङ्गा क्षेत्रमा सोमबार साँझ बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ बर्षिय लाल बहादुर कार्की र बागमती प्रदेश ०३ – ००१ च २०६४ नम्बरको डीआई गाडीका चालक पूर्वी नवलपरासीको कावासोती १३ का २५ वर्षिय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी हाल प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको जाँच गर्न प्राविधिक टोलीसहित टि.एच.सि. किटको प्रयोग गरी साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *