बारामा बस दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु

Thankot Times

थानकोट ।

बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु भएको छ । 

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा-२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो । हेटौंडा अस्पतालमा मात्रै १२ जना यात्रुको उपचारका क्रममा मृत्यु भएको छ ।

चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १-१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिएको अनलाइन खबरमा समाचार छ ।

उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *