अमेरिकी डीभीको आवेदन खुल्यो, कार्तिक २२ गतेसम्म भर्न सकिने

Thankot Times

थानकोट । 

अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ ।

१९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू भर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूतावासले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *