एमालेबाट काठमाण्डाै १० मा रामबहादुर थापा ‘बादल’ ! प्रदेश ख मा रामशरण आलेलाई टिकट

Thankot Times

थानकोट ।

मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरू हुन ४८ घण्टाभन्दा कम समय बाँकी रहँदा दलहरूले उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने क्रम बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांश क्षेत्र तथा प्रदेश मा उम्मेदवारहरूको टुंगो लगाएको छ। एमालेले काठमाण्डाैका करिब सबै क्षेत्रबाट उम्मेदवार टुंगो लगाएको बताइएको छ ।

सो पार्टीबाट काठमाण्डाै क्षेत्र नं. ९ मा कृष्णगोपाल श्रेष्ठले टिकट पाएको बताइएको छ । सो क्षेत्रको प्रदेश ख तर्फ केशव पोखरेल र क तर्फ हरिकृष्ण डंगोलले टिकट पाएका छन् ।

काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख बाट प्रत्यक्षतर्फ केशवप्रसाद पोखरेल, गाेपीचन्द्र कार्की, सानुमैयाँ खड्का(सबिता), हरिशरण थापा, राजेन्द्र प्रसाद खनाल, दिपक पनेरु, गिता पाेखरेल र शान्ता बस्यालको नाम सिफारिस भएको थियो ।

काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख मा चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा तथा नागार्जुन नगरपालिकाका ६ देखी १० नंम्बर वडाका इलाका पर्दछन् ।

त्यस्तै काठमाण्डाै क्षेत्र १० बाट हालसम्म कसैको नाम नटुंगिएको बताइएपनि रामबहादुर थापा ‘बादल’को सम्भावना अधिक रहेको बताइएको छ । प्रदेश तर्फ भने क मा शिवभक्ति बलामी र ख मा रामशरण आलेले टिकट पाएका छन् ।

काठमाण्डाै १० क प्रदेश ख बाट रामशरण आलेमगर, बिन्दु श्रेष्ठ, गोमा विष्ट, हरिभक्त महर्जन तथा उर्मिला कर्माचार्यको नाम सिफारिस भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *