शंखरापुरमा विमान थिङलाई भालुले टोक्यो

Thankot Times

थानकोट ।

जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएका हुन्। 

विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आक्रमण गरेको उनले बताए।

भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *