थप आठ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट । 

नेपालमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३२९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठ जनाको नतिजा पोजिटिभ आएको हो । ४६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ र ८६१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ६१ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार २७५ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *