पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालन

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा शनिबार बिहान खसेको सुख्खा पहिरोले यातायात अवरूद्ध भएकव थियो। सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि शनिबारै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ।

बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आएका सवारीसाधनलाई सिमभञ्ज्याङमा र हेटौंडाबाट आएकालाई भैंसेमा रोकेको थियो।

पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *