आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
थानकोट ।
हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै मौसमको पछिल्लो अवस्थाको जानकारी गराएको हो ।
सोही मौसम प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ ।
यस्तै मंगलवार बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलवार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।















