राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज गरिने
थानकोट ।
अस्वस्थ भएपछि २२ असोजमा अस्पताल भर्ना हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
परीक्षणको क्रममा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।














