टुकुचा प्रकरणमा बालेनलाई धक्का, अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

Thankot Times

थानकोट ।

उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई लम्ब्याएको छ ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र विमल सुवेदीको संयुक्त इजलासमा अन्तरिम आदेश छलफलसम्बन्धी सुनुवाइ हुनुपर्नेमा गत असोज ७ को आदेश अनुसार झिकाउने भनिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रमाणित प्रतिलिपी झिकाउन मन्त्रालयमा पत्राचार नै नगरेपछि अल्पकालीन अन्तरिम आदेशलाई कार्तिक १ सम्म निरन्तरता दिने आदेश भएको हो । 

रातोपाटीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *