एकैदिन ३ हजार ६ सय बढी सवारी चालकमाथि कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बिहीबार ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघंन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *