सलोन र करिश्मा मंसिर १२ मा विवाह गर्दै

Thankot Times

थानकोट ।

अभिनेता सलोन बस्नेत आगामी मंसिर १२ मा वैवाहिक बन्धनमा बाँधिने भएका छन्।

उनले प्रेमीका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्। सलोन र करिश्मा ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन्। 

लामो समयदेखि आफ्नो प्रेम लुकाउँदै आएको यो जोडीले पछिल्लो केहि समययता आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकार गर्दै आएका थिए। 

अब भने सलोन र करिश्मा आफ्नो विवाहको तयारीमा जुटेका छन्। 

करिश्मा पेशाले नेपाल एयरलाइन्सकी एयर होस्टेस हुन्। थुप्रै फिल्ममा अभिनय गरिसकेका सलोन चलचित्र निर्देशक शोभित बस्नेतका छोरा हुन्। 

‘होस्टल’बाट रजतपतमा डेब्यू गरेका सलोन विशेषगरि सहनायकका रुपमा परिचित छन्। 

४ वर्षको प्रेम विवाहमा परिणत गर्ने पक्का भएपछि सलोन र करिश्मा सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन थालेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *