देशभर थपिए ४२ कोरोना संक्रमित
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो। १ हजार ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
१ हजार ६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिले देशभर ६३८ जना सक्रिय संक्रमित छन्। यस अवधिमा २६ जना संक्रमित निको भएका छन्।














