नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु

Thankot Times

थानकोट । 

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो । यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *