लुभुमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय चालकको मृत्यु

Thankot Times

थानकोट । 

ललितपुरको लुभुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब २ बजे महालक्ष्मी नगरपालिका-८ लुभु चौतारामा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही घर भई लुभु बस्दै आएका २६ वर्षीय मोहन बाबु खत्री छन्।

बा ९३ प ८९० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई घरको पर्खालमा ठक्कर खाँदा खत्री गम्भीर घाइते भएका थिए।

उपचारको लागि उनलाई इमाडोलको किष्ट अस्पताल लगिएको थियो। उनको अस्पताल नपुग्दै मृत्यु भएको एसपी शाहीले बताए।

अहिले उनको शव किष्ट अस्पतालमा राखिएको छ। पोष्टमार्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *