थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ ।

नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाको मृत्यु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *