आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । 

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसममविद्ले गरेका छन् । 

नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बहिर्गमन भएसँगै हाल कुनै उल्लेखनीय मौसम सम्बन्धी चेतावनी तथा परामर्श नरहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *